काठमाडौं, मंसिर १९- प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओली १० दिन अस्पताल बसेर आज सरकारी निवास बालुवाटार फर्किएका हुन्।
प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओली गत १० गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । अस्पतालमा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने ४ पटक डायलेसीस समेत गरिएको थियो ।
प्रधानमन्त्रीको १० दिने अस्पताल बसाईको बिल २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ ४९ पैसा उठेको अस्पतालले जनाएको छ ।उनको उपचारको बिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तिरेको छ।
FACEBOOK COMMENTS