काठमाण्डौँ — संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा डेढ सय नेपाली ७ महिनादेखि बिचल्लीमा परेका छन् ।
अल वासिता इमिरेट्स फर सर्भिस एन्ड क्याटरिङमा कार्यरत उनीहरू कम्पनीले नयाँ ठेक्का नपाएपछि कामविहीन भएका हुन् ।
यो कम्पनीमा नेपाली, भारतीय, बंगाली र श्रीलंकाली गरी झन्डै एक हजार श्रमिक छन् ।
कम्पनीले काम नभएकाले बाँकी तलब दिन नसकिने जनाएको छ।
भिसा नवीकरण र टिकट खर्च दिन पनि असमर्थता जनाउँदै कम्पनीले श्रमिकलाई आफ्नो व्यवस्था आफैं गर्न भनेको छ।

श्रमिकले ७ महिनादेखिको तलब पाउन बाँकी छ।

चिनजानका साथीभाइले खुवाइरहेको सुर्खेतका विष्णुप्रसाद कोइरालाले बताए।

कम्पनीले डिसेम्बरभित्र पर्खन भनेकाले सुरुमै दूतावास नगएको उनले बताए।

कम्पनीका मालिक सम्पर्कबाहिर छन्।

दूतावासले यसबारे यूएईका परराष्ट्र र श्रम मन्त्रालयलाई पत्र लेखेको कार्यवाहक राजदूत सागर फुयालले जानकारी दिए।
उनले यूएई सरकार र कम्पनीसँग समन्वय गरी उद्धार गरिने बताए।
— कान्तिपुर
FACEBOOK COMMENTS