काठमाण्डौँ — चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा ब्लास्टिङको काम सुरु भएको छ।
ब्लास्टिङ गर्नका लागि अनुमति नपाउँदा सडक खुल्न सकेको थिएन।
१७ किलोमिटर सडकमध्ये दुई सय मिटर सडकको काम मात्रै बाँकी छ।
अनुमति पाउनका लागि करिब एक महिना लागेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।
ब्लास्टिङको काम सुरु भएको र हप्ता १० दिनभित्र बाटो सञ्चालनमा आउने योजना प्रमुख सुवोधकुमार देवकोटाले बताए।

— नागरीक
