काठमाण्डौँ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम अब एक्सिस बैंक लिमिटेड मार्फत भारत बाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेका ८१ वटा शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सकिने छ ।
यसका साथै बैंकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेका विभिन्न विप्रेषण कम्पनी संग सम्झौता गरी विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।