काठमाडौं– नेपाल वायुसेवा निगमको दोस्रो एयरबस ३३०‘मकालु’ ले नियमित उडान सुरु गरेको छ।
‘मकालु’ले पहिलो नियमित उडान काठमाडौं–बैंकक सुरु गरेको निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए।
नयाँ एयरबस अन्नपूर्ण र मकालु उडानका लागि निगमले पूर्ण रुपमा पाइलटको व्यवस्था गरिसकेको बताएका छन् ।
साउन १० गते ‘मकालु’ नेपाल भित्रिए पनि पाइलटकै अभावले नियमित उडान सुरु भएको थिएन।
निगमका अनुसार फ्रान्सबाट नेपालमा जहाज ल्याउने कम्पनीकै पाइलटले निगमका चालक दललाई एक महिनासम्म जहाज उडान तथा प्रशिक्षणमा सहयोग गर्नेछन्।
उडान सुरुको एकदेखि चार महिनाभित्रमा नयाँ एयरबसले दोहा, बैंकक र बैंग्लोरमा उडान भर्ने निगमले जनाएको छ।
FACEBOOK COMMENTS