काठमाडौं — रकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ठाउँको ठाउँ गर्ने भएको छ ।
बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्याबसहितको प्रविधि प्रयोग गर्न लागेको हो।
बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्ट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दूध, मिठाइ, तेल, घिउ, पानी, मासु, तरकारी, फलफूल लगायत खाद्य वस्तु, खाद्य वस्तुमा प्रयोग हुने रङको नमूना संकलन गरेर तत्कालै ल्याब परीक्षण गरिनेछ ।
ती वस्तुमा भएको विषादी, रसायन घुम्ती ल्याबमा परीक्षण हुन्छ ।
ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितका उपकरण जडित तीनवटा भ्यान विभागले ल्याएको छ ।
दैनिक खाद्यवस्तु ठाउँको ठाउँ परीक्षण गर्न लागिएको विभागका महानिर्देशक सन्जिवकुमार कर्णले बताए ।
विभागको टोली विभिन्न नगरपालिका, गाउँपालिका, बजार, नाका क्षेत्रमा घुम्ती ल्याबमार्फत अनुगमन गर्छ ।
विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले करिब ६ करोड रुपैयाँ लगानीमा उपकरणसहित गाडी ल्याएको छ ।
कर्णका अनुसार साउन महिनादेखि नै घुम्ती ल्याबसहित अनुगमन सुरु गर्ने तयारी छ ।
— नागरीक
FACEBOOK COMMENTS