काठमाण्डौँ – दुई दिने राष्ट्रिय महिला वन किसान सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
‘संविधानमा सम्पत्तिमाथिको अधिकारः पारिवारिक निजी वन महिलाको समृद्घिको आधार’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो ।
पारिवारिक निजी वन भएका महिलाको हक अधिकार स्थापित, क्षमता अभिवृद्धि र प्राकृतिक स्रोत व्यवस्थापनमा अब्बल बनाउनका लागि यो सम्मेलन गरिएको हो ।
पारिवारिक निजी वन संघ नेपालद्वारा आयोजित सम्मेलनमा गोरखा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, संखुवासभा, सर्लाही, रौतहट, धनुषा, मकवानपुर, काभ्रे, बाँके, स्याङ्जा तथा चितवन, बझाङ, हुम्ला, दाङ, बर्दिया, कैलालीलगायतका ४५ जिल्लाबाट सहभागी भएका छन् ।
सम्मेलनमा प्रत्येक जिल्लाबाट दुईजना महिलाले प्रतिनिधित्व गरेका छन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा पारिवारिक निजी वन र महिलाका चुनौती विषयमा केन्द्रित भई ३ वटा कार्यपत्रमाथि छलफल गरिने छ ।
FACEBOOK COMMENTS