राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष (नेपाल) चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघ÷सार्क उवासंघ(नेपाल)को प्रतिनिधिमण्डलले आज छुट्टाछुट्टै भेटवार्ता गरेको छ ।
प्रतिनिधिमण्डलले सम्माननीय राष्ट्रपति समक्ष सितलनिवास र सम्माननीय प्रधानमन्त्री समक्ष वालुवाटारमा औपचारिक भेटवार्ता गरेको हो ।
उक्त दुवै उच्चस्तरीय भेटवार्तामा प्रतिनिधिमण्डलका तर्फबाट मुलुकभित्र, दक्षिण एशिया सहित चीन लगायतका देशहरूबाट लगानी आकर्षणका लागि अनुकुल वातावरण बनाउनु पर्नेतर्फ जोड दिइयो ।
ती दुवै उच्चस्तरीय भेटवार्तामा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष (नेपाल) ढकालले वैदेशिक व्यापार तथा आर्थिक सहयोगको लागि छेङदु संघ , व्यापार तथा लगानी प्रवद्र्धनका लागि चिनिया“ परिषद् र सार्क उद्योग वाणिज्य संघले संयुक्त रुपमा आगामी सेप्टेम्वरमा छेङदुमा आयोजना गर्ने कार्यक्रमका वारे राष्ट्रपति र प्रधानमन्त्री समक्ष औपचारिक रूपमा जानकारी गराए ।
प्रतिनिधिमण्डलले प्रत्यक्ष वैदेशिक लगानीको प्रवद्र्धन गर्न सरकारका नीतिहरु जटिल नभई सहज हुनु पर्नेमा समेत जोड दियो । ती दुवै भेटवार्तामा प्रतिनिधिमण्डलका तर्फबाट नेपालको आर्थिक विकासमा सार्क विकास कोषको लगानी ल्याउन आवश्यक परियोजनाहरू तयार गर्नुपर्ने र सरकारले समेत यसमा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिइएको बताइएको छ ।
नेपाललाई दक्षिण एशिया र चीनको प्रमुख पारवहन हवको रुपमा विकास गर्न सरकारको सशक्त सहयोग भएमा निजी क्षेत्र यसलाई मूर्त रुप दिन तयार रहेको प्रतिनिधीले बताएका छन् । यसका लागि नया“ एयरपोर्ट, ठूला राजमार्ग तथा रेलमार्ग, जलमार्ग आदिको निर्माण आवश्यक रहेको र यस क्षेत्रमा काम गर्ने अनुभवी व्यवसायीहरू समेत सार्क उवासंघमा आवद्ध रहेकाले उनीहरूको समेत सहयोगमा सरकारको लक्ष्यलाई पुरा गर्न सकिने हुंदा यस सम्बन्धी आवश्यक सामुद्रिक कानूनको निर्माणमा समेत सरकारको ध्यानाकर्षण गरायो ।
FACEBOOK COMMENTS