काठमाण्डौं – नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारको काममा अवरोध आएको छ।
अवरोधका कारण काम अघि बढ्न सकेको छैन।
पाइपलाइन विस्तार गर्ने रुटमा व्यावसायिक तथा आवासीय भवन, धार्मिक सम्पदा, वनजंगल र भौगोलिक वनावट अवरोधका कारण काममा अवरोध भएको नेपाल आयल निगमले जनाएको छ ।
पाइपलाइन रुटमा देखिएको अवरोध हटाउन निगमको केन्द्रीय टोलीले शुक्रबार स्थलगत अध्ययन गर्न लागेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
पाइपलाइन आयोजना सिमराका मेकानिकल इन्जिनियर शरद पौडेलले रुट क्लियर भएका विभिन्न सडकखण्डमध्ये १६ किलोमिटरमा पाइप ओछ्याइसकिएको बताए।
भारतको रक्सोलस्थित इन्डो–नेपाल सीमादेखि अमलेखगञ्जको डिपोसम्मको कुल दूरी ३६.२ किलोमिटर छ।
यसमध्ये खण्डखण्ड गरी हालसम्म १६ किलोमिटरको रुटमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS