कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलाईन ईलाकाबाट सशस्त्र प्रहरीले ३४ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको खरबुजाको बीउसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
ना ८ ख १९९४ नम्बरको ट्रकमा राखेर महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरेको २ हजार २० के.जी. खरबुजाको बीउ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको ट्रक र बरामद बीउ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । ट्रकको भन्सार दाखिला मुल्य ३० लाख कायम भएको छ ।