काठमाडौं, जेठ २३ – बलिउडका लोकप्रिय अभिनेता दिलीप कुमारको स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना गरिएको छ ।९८ वर्षीय अभिनेता दिलीप कुमारलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ ।
यतिबेला अस्पतालमा उनको स्वास्थ्य अवस्थाको मोनिटर गरिंदैछ ।अघिल्लो महिना पनि दिलीप कुमारर्लाइ उक्त अस्पतालमा भर्ना गरिएको थियो ।उनकी धर्मपत्नी सायरा बानोका अनुसार उनलाई रुटीन चेकअपका लागि भर्ना गरिएको थियो ।दिलीप कुमारको स्वास्थ्यका कारण समय–समयमा उनको रुटीन चेकअप भैरहन्छ ।
त्यसको केही दिनपछि सबै रिपोर्ट राम्रो आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।बढ्दो उमेरका कारण कोरोना कालमा उनको स्वास्थ्यमा विशेष ध्यान दिइएको छ ।
यसैकारण उनले आफ्नो जन्मदिन समेत मनाएनन् ।अघिल्लो वर्ष कोरोनाकै कारण दिलीप कुमारले आफ्ना दुई भाइहरु ८८ वर्षीय असलम खान तथा ९० वर्षीय एहसान खानको निधन भएको थियो ।दिलीप कुमार धर्मपत्नी सायरा बानोसंग मार्च २०२० देखि क्वारेन्टिनमा छिन् ।
दिलीप कुमारको जन्म ११ डिसेम्बर १९२२ मा पाकिस्तानमा भएको हो ।उनको वास्तविक नाम यूसुफ खान हो ।फिल्ममा आएपछि उनले आफ्नो नाम परिवर्तन गरेर दिलीप कुमार राखेका हुन् ।यही नामबाटै उनले ख्याती आर्जन गरे ।दिलीप कुमारले फिल्म ज्वार भाटामार्फत डेब्यू गरेका हुन् ।
त्यसपछि उनले मुगल–ए–आजम, नया दौर, कोहिनूर, राम और श्याम आदि फिल्ममा काम गरेका छन् ।दिलीपले हालसम्म अभिनय गरेको अन्तिम फिल्म किला हो ।
FACEBOOK COMMENTS