काठमाडौं, वैशाख १९ । माइक्रोसफ्टका मालिक बिल गेट्सले खोप बनाउने अमेरिकी प्रविधि भारतलाई दिन नहुने बताएका छन् । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको समयमा गेट्ले यस्तो बताएका हुन् ।
उनले अमेरिकी स्काइ न्यूजसँगको अन्तरवार्तामा अमेरिककाको जस्तो ‘विज्ञता’ र ‘प्रविधि’ विश्वका अन्य देशसँग नभएको समेत बताएका छन् । भनेका छन्, ‘अन्य मुलुकसँग अमेरिकाको जस्तो विज्ञता नहुने भएकाले भारतलाई हाम्रो प्रविधि दिन हुँदैन ।’
यतिबेला भारतमा सिरम इन्स्टिट्युटले बेलायती र स्वीडीस कम्पनी एस्ट्रेजेनेकाले बनाएको कोभसिल्ड खोप बनाइरहहेको छ । यसबाहेक भारतमा अन्य कुनै पनि खोप बन्दैन ।
तर, यतिबेला भारतमा कोरोना भाइरसले भयावह स्थिती बनाएको छ । अमेरिकी कम्पनीहरु मोर्डना र फाइजरले खोप विकास गरेका छन् । गेट्सको उक्त अन्तरर्वाताको यतिबेला विश्वभर आलोचना भइरहेको छ ।
FACEBOOK COMMENTS