काठमाडौं – गृह मन्त्रालयले ‘मदिरा उत्पादन तथा बिक्री बितरणको नियमन तथा हानीकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश २०७५’ तयार गरी स्वीकृतिका लागि मन्त्रीपरिषदमा पेश गरेको छ ।
आदेशमा मदिरालाई जनस्वास्थ्य, शान्तिसुरक्षामा नकारात्मक असर गर्ने वस्तुको रुपमा व्याख्या गरिएको छ ।
उक्त कार्यकारी आदेश मन्त्रीपरिषदबाट पास भएमा मदिरा उत्पादकले सूर्तिजन्य पदार्थमा जस्तै आफेनो प्याकेट तथा बोतलमा चेतावनीमूलक सन्देशयुक्त फोटो र सूचना लेख्नुपर्नेछ ।
त्यस्तै सार्वजनिक स्थल, कार्यस्थल, राजमार्ग वरपर, आवास क्षेत्र शैक्षिक क्षेत्र, धार्मिक क्षेत्र सवारीसाधन, अन्तराष्ट्रिय सीमाना लगायत सरकारले तोकेका क्षेत्र वरपरसम्म यस्ता पदार्थको प्रयोग गर्न पाइने छैन भने त्यस्ता पदार्थहरुको प्रचारप्रसार एवं विज्ञापन गर्न समेत पूर्ण रुपमा प्रतिबन्ध लगाइनेछ ।
आदेशले प्रत्येक गाउँपालिका क्षेत्रमा वडामा एउटा र नगर क्षेत्रमा दुईओटासम्म मदिरा पसल राख्ने अनुमति दिनसक्ने व्यवस्था गरेको छ ।
मदिरा बिक्रीको सन्दर्भमा पनि आदेशले मदिरा पसलहरु बेलुकी ५ बजेदेखि १० बजेसम्म खुल्न पाउनेछने भने मदिरा बिक्रेताले मदिरा किन्न आउनेको व्यक्तिगत विवरण लिनुपर्नेछ ।
FACEBOOK COMMENTS