काठमाडौं, आश्विन १२ – बैतडीमा एक महिलाको शव अर्धनग्न अवस्थामा फेला परेको छ । हिजो दिउँसो चौलानी नदी किनारमा दशरथचन्द नगरपालिका–६ सेरा नजिक अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।
मृतक महिलाको परिचय खुल्न नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो ।
स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शरीरमा घाउ चोट रहेको र करिब एक हप्ता अगाडी मृत्यु भएको हुन सक्ने बताइएको छ ।
महिलाको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ ।
FACEBOOK COMMENTS