काठमाडौं, बैशाख २६- सरकारले शुक्रबारदेखि लकडाउन केही मात्रामा खुकुलो बनाएको छ । लामो समयको लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर पर्न थालेको आवाज व्यवसायिहरुले उठाउन थालेपछि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २६ देखि लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आजबाट विभिन्न उद्योग तथा सेवाका क्षेत्रहरु खुल्ने भएका छन् । तर सरकारले धेरै भिडभाड हुने सार्वजनिक यातायात, बजार र विश्वविद्यालय तथा शिक्षण संस्थाहरु भने बन्द नै रहने छन् । यद्यपी सरकारले धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने गरी निर्णय गरेको छ ।
आज देखि सञ्चालन गर्न पाइने र नपाइने क्षेत्रहरु निम्न छन् ।
खोल्न पाइने
– औषधि तथा स्वास्थ्य सामग्री उत्पादन र बिक्री वितरण ।
– पशुजन्य वस्तुको उत्पादन, बिक्री वितरण ।
– औद्योगिक वस्तुको उत्पादन र बिक्री वितरण ।
– खाद्यवस्तु र अन्य बाली लगाउने तथा पाकेको बाली भित्र्याउने कार्य ।
– पशुपंक्षीपालन, माछा पालन र कुखुरा पालन तथा बिक्री वितरण ।
– फलफूल, तरकारी, दूध र दुग्धजन्य वस्तुको उत्पादन, भण्डारण र बिक्री वितरण ।
– नर्सरीबाट बिरुवाको उत्पादन, घाँस, दानाको उत्पादन र बिक्री वितरण ।
– कृषि वीउ–विजन उत्पादन र भण्डारण, शीत भण्डारण ।
– सरकारी तथा निजी स्वास्थ्य संस्थाहरु, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, डायग्नोस्टिक सेन्टर ल्याब, खोपलगायत अत्यावश्यक सेवा ।
– औषधि पसल, आयुर्वेदिक, होमियोपेथिक, एग्रोभेट र भेटेरिनरी औषधि पसलहरुको सञ्चालन र तत्सम्बन्धी सेवाहरु ।
– संसदीय समितिका बैठक शुरु गर्ने ।
– न्यूनतम बैंकिङ सेवा ।
ढुवानी
– कृषि उत्पादन र कृषि व्यवसायसँग सम्बन्धित, स्वास्थ्य जन्य ढुवानीका साधनहरु ।
– भन्सारबाट जाँच पास भई आएका उद्योग प्रतिष्ठानबाट सामान बोकेर आएका साधन ।
– पानी, ग्याँस पेट्रोलियम सामान बोकेका ढुवानीका साधन ।
– औद्योगिक कच्चा पदार्थ र तयारी सामान बोकेका साधन ।
– विकास आयोजनामा प्रयोग हुने उपकरण बोकेका साधन ।
– कृषि सामग्रीका सामान बोकेका ढुवानीका साधन ।
– एम्बुलेन्स सेवा, साधन ।
– विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने प्रयोजनका लागि जनक शिक्षा सामग्री केन्द्रबाट अनुमति लिएका ढुवानीका साधन ।
– काठमाडौंबाहिरबाट आपूर्तिका सामान बोकी आएका सवारी साधन । जुन सवारीमा जममा चालक र सहचालक बाहेक अरु यात्रु राख्न नपाउने ।
– रड, गिटी, सिमेन्ट, बालुवालगायत निर्माण सामग्री ढुवानीका साधन ।
उद्योग
– खाद्यान्नसम्बन्धी (धान, चामल, दाल, चिया, कफी, घ्यू, तेल, चिनी, मसला, जुस आदि) उद्योग ।
– राष्ट्रिय गौरवका आयोजनाहरु ।
– सरकारी र निजीस्तरबाट सञ्चालित जलविद्युत आयोजना ।
– सिंचाई आयोजना ।
– खानेपानी आयोजना ।
– विमानस्थल निर्माण ।
– सडक र पुल निर्माण ।
– सरकारी भवन निर्माण ।
– सहरी पूर्वाधारका शीर्षकका आयोजनाहरु ।
– ढुंगा–गिटी बालुवा उद्योग ।
– सिमेन्ट उद्योग र चुनढुंगा खानी ।
– नदी नियन्त्रणका कार्यहरु ।
– विद्युत उत्पादन तथा प्रसारण ।
– इँटाभट्टा ।
– ग्रिल उद्योग ।
– औद्योगिक क्षेत्रका उद्योग ।
– आल्मुनियम उद्योग ।
– मेसिन पार्टपूर्जा सम्बन्धी उद्योग ।
व्यवसाय
– दैनिक उपभोग्य खाद्यवस्तु (दाल, चामल, दूध आदि)उत्पादन तथा बिक्री ।
– पानी प्रशोधन, औषधि, स्वास्थ्य सामग्री, साबुन उत्पादन ।
– प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग ।
– ग्याँस बोटलिङ गर्ने ।
– सवारी साधन मर्मत वर्कशप ।
– पेट्रोल पम्प ।
– प्लम्बिङ ।
– इलेक्ट्रिसियन ।
नखुल्ने क्षेत्रहरु
—शैक्षिक संस्थाः विश्वविद्यालय, क्याम्पस, विद्यालय, प्रशिक्षण केन्द्र ।
—गैर–खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मल, स्टोर, पसल ।
—सार्वजनिक जमघटः सिनेमा हल, फनपार्क, पार्टी प्यालेस ।
—धार्मिक स्थलः मन्दिर, मस्जिद, गुम्बा ।
—खेलकुदः मैदान, फूटसल, जीमखाना ।
—होटल, बार, रेष्टुरेन्ट, शैलुन, ब्युटीपार्लर, चमेना गृह ।
—अनुमति पाएका वाहेकका यात्रुवाहक सवारी साधन ।
—बाहिर हिंडडुल गर्न नपाइनेः १२ वर्ष मुनिका, ७० वर्ष नाघेका, अशक्त व्यक्ति, गर्भवती महिला वाहेककाले ।
—आन्तरिक तथा बाह्य हवाई सेवा ।
—केबल कार ।
FACEBOOK COMMENTS