काठमाडौं । नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा खुलामुखी योजनाको परिचय दिन सफल भएको हो ।
खुलामुखी योजानाले सञ्चालनको पहिलो आर्थिक वर्ष २०७६/२०७७ मा नै इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदान गर्न सफल भएको थियो । असार २२ गतेको तथ्याङ्क अनुसार रहेको यो योजानाको प्रति इकाई खुद मूल्य १७ रुपैयाँ २१ पैसा पुगेको छ भने योजानाको आकार ३१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । योजनाको अंकित मूल्य १० रुपैयाँ रहेको छ ।
योजना व्यवस्थापक, एनआईबिएल एस क्याप्टिलले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजाना गत आइतबार असार २० गतेदेखि आज बिहीबार असार २४ गतेसम्मको लागि ल्याएको छ ।
यससँगै यो योजनामा हालसम्म सहभागी नभएका लगानीकर्ता आज अन्तिम दिन दिउँसो ३ बजेसम्ममा सहभागी हुन सक्नेछन् । योजनाको नतिजा आगामी साउन १५ गते गोलाप्रथाद्वारा फेसबुकल लाइभ मार्फत गरिनेछ । र, योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने र पूर्व निर्धारित नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने क्यापिटलले जनाएको छ ।
FACEBOOK COMMENTS