काठमाडौं, वैशाख २५ – रोजगारीको लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो २४ घण्टामा थप ६०० जना नयाँ संक्रमित थपिएका छन् ।योसंगै कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख १० हजार ७० पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७,६९ र ७३ बर्षीय नागरिको मृत्यु भएको छ । योसंगै मृतकको सङ्ख्या ४९६ पुगेको
कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट कतारमा २१ नेपाली श्रमिकले ज्यान गुमाइ सकेका छन् ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२१७ कोरोनालाई जितेर घर फर्किएका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको संख्या १ लाख ९९ हजार ४४४ पुगेको छ ।अहिले कतारमा १० हजार १३० वटा ‘एक्टिभ’ केस रहेका छन् भने ५५१ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये २७४ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् ।यो समाचार तयार पार्दासम्म १७ लाख ६२ हजार ५४५ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निःशुल्क रुपमा खोप दिइरहेको छ ।
FACEBOOK COMMENTS