काठमाडौं । बिहीबार बिहानदेखिको अविरल वर्षापछि पृथ्वी राजमार्गको कृष्णभिरमा सडक सुरक्षाका लागि बनाइएको ग्याबियन वाल भासिएको छ ।
पुरानो सडकको ग्याबियन वाल केही तल खसेको कारण कृष्णभिरमा बनाइएको नयाँ ट्र्याक समेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सडक विभागले पनि पृथ्वी राजमार्गको कृष्णभिरमा सडकको नदीतर्फको ग्याबियन वाल केही तल झरेको जनाएको छ ।
विभागले भनेको छ, ‘हाल सञ्चालन भइरहेको सडक माथिको स्लोपमा कुनै समस्या देखिएको छैन ।’प्रोजेक्ट टिमले सडकको अवस्था मोनिटरिङ गरिरहेको विभागले जनाएको छ ।