काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभरले नेपालमा सञ्चालन गरेको “योर फाइनान्सेज: गाइड टु मनी कन्फिडेन्स“ (तपाईंको आर्थिक मामिला: आर्थिक आत्मविश्वाससम्बन्धी मार्गदर्शक) नामक वित्तीय साक्षरता कोर्स २५ सयभन्दा बढी ड्राइभर पार्टनरहरूले सफलतापूर्वक पूरा गरेका छन्।
ड्राइभर पार्टनरहरूलाई आफ्नो आम्दानी र खर्च व्यवस्थापन गर्न, बजेट बनाउन, बचत गर्ने बानी विकास गर्न तथा आर्थिक निर्णय लिन सहयोग पुर्याउने उद्देश्यले यो कोर्स सञ्चालन गरिएको हो।
इनड्राइभर एपको ’ड्राइभर मोड’ अन्तर्गत रहेको ’ड्राइभर एकेडेमी’ मार्फत यो कोर्स उपलब्ध गराइएको थियो। दैनिक रूपमा आम्दानीमा उतारचढाव हुने ड्राइभर पार्टनरहरूको व्यावहारिक आवश्यकतालाई ध्यानमा राखी यो पाठ्यक्रम तयार पारिएको कम्पनीले जनाएको छ।
पाठ्यक्रम मा आम्दानी तथा खर्च व्यवस्थापन, वित्तीय लक्ष्य निर्धारण, बचत तथा आकस्मिक कोष, जिम्मेवार ऋण व्यवस्थापन, र इनड्राइभरमार्फत थप आम्दानीका अवसरहरूबारे सरल र व्यावहारिक ज्ञान समेटिएको छ।
कार्यक्रमबारे बोल्दै इनड्राइभर नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्— “ड्राइभर पार्टनरहरूको दैनिक आम्दानी समय र परिस्थितिअनुसार फरक हुन सक्छ। त्यसैले वित्तीय साक्षरतासम्बन्धी ज्ञानलाई सरल र सहज रूपमा उपलब्ध गराउनु आवश्यक थियो।

यस कोर्समार्फत हामीले उहाँहरूलाई बजेट, बचत र ऋण व्यवस्थापनमा मद्दत पुग्ने उपयोगी उपकरणहरू प्रदान गरेका छौँ।“ कोर्स पूरा गरेका एक ड्राइभर पार्टनरले कोर्सबाट दैनिक खर्चको हिसाब राख्ने, बजेट बनाउने र नियमित बचत गर्ने बानीको विकास भएको अनुभव सुनाए।

वित्तीय साक्षरता कोर्सका चार मुख्य मोड्युल:
मोड्युल १: बजेट व्यवस्थापन: आम्दानी र खर्चको अवस्था बुझ्ने, दैनिक तथा मासिक खर्चलाई योजनाबद्ध रूपमा व्यवस्थापन गर्ने।

मोड्युल २: आर्थिक लक्ष्य हासिल गर्ने: आर्थिक लक्ष्य निर्धारण, आकस्मिक कोषको व्यवस्था र नियमित बचतको बानी बसाल्ने।
मोड्युल ३: सुरक्षित रूपमा ऋण लिने: राम्रो र खराब ऋणबीचको फरक बुझ्ने र जिम्मेवार रूपमा ऋण व्यवस्थापन गर्ने।
मोड्युल ४: इनड्राइभरमार्फत थप आम्दानी: एपमा उपलब्ध अवसरहरूको प्रभावकारी उपयोग गरी आम्दानी बढाउने व्यावहारिक तरिकाहरू।
इनड्राइभरले ड्राइभर एकेडेमीमार्फत थप ड्राइभर पार्टनरहरूलाई यी चारवटै मोड्युल पूरा गर्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।