काठमाडौं,माघ २१- विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १४ हजार जनाले ज्यान गुमाएका छन्।
गत २४ घण्टामा विश्वभर १४ हजार चार सय ५७ जनाको कोरोना संक्रमबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ लाख ६२ हजार पुगेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा तीन हजार छ सय ३२ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ५७ हजार आठ सय ५६ पुगेको छ।