काठमाडौं, चैत ९ – कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैंठकले कोभिड—१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल बनाएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैंठकले स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ ।
देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइने र बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने गरी काम तेकिएको छ ।
बजारमा देखिएको आपूर्ति अनियमितताको अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । त्यसै गरी राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषि मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ । यस्तै निर्णयरनिर्देशन कार्यान्वयनको अवस्थाका विषयमा अनुगमन गर्न रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ ।
FACEBOOK COMMENTS