काठमाण्डौँ — भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अत्याधुनिक कार्गो भवन निर्माण कार्य सुरु भएको छ ।
विमानस्थल आयोजना परिसरमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कार्गो भवनको शिलान्यास गरे ।
मन्त्री अधिकारीले सम्झौताको म्याद अवधिभित्र भवन निर्माण सम्पन्न हुनु स्वाभाविक भए पनि म्याद अवधिको ४ महिनाअघि नै भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढ्ने बताए ।
गौतम बुद्ध विमानस्थलमा वैकल्पिक कार्गो भवन रहेकाले नयाँ कार्गो भवन निर्माणको म्याद २ वर्ष रहे पनि अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि कुनै समस्या नपर्ने र तत्कालका लागि हाल उपलब्ध रहेको कार्गो भवनकै प्रयोग गरिने अधिकारीले बताए ।
उनले मुआब्जा वितरणका लागि डेढ महिनाभित्र पर्याप्त रकम आउने हुँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जाको कुनै समस्या नहुने दाबीसमेत गरे ।
— कान्तिपुर
FACEBOOK COMMENTS