काठमाडौं । जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन नेपाल आउने भएका छन् ।
उनी जेठ ९ गते यति एअरलाइन्सको चार्टर फ्लाइटमार्फत नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
यति एअरलाइन्सका अनुसार उनलाई नेपाल ल्याउनका लागि एअरलाइन्सको जहाज आजै भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ ।
उक्त धार्मिक विजय यात्रा पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधिहरू आयोजना गरिनेछन् ।