काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई छाड्न आदेश दिएको छ ।
प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पाण्डेलाई छाड्न आदेश दिएको हो ।
न्यायाधीशहरू सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।
पाण्डेकी पत्नी निरु दाहालले आफ्ना पतिलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
प्रहरीको सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गर्दा आपराधिक विश्वास घातलगायतका कसूर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डेलाई पक्राउ गरिएपछि बैंक तथा वित्तीय संस्थाहरूसँग सम्बन्धित सङ्गठनहरू र निजी क्षेत्रले विरोध जनाउँदै तत्काल रिहाइ गर्न माग गरेका थिए ।

यो पनि पढ्नुहोस्–

सबैको एउटै स्वर : कर्जा असुली गर्दा बैंकका सीईओ पक्राउ पर्नु दु:खद