काठमाडौं । विश्वस्तरीय टायल्सलार्ई आम उपभोक्ताको पहुँचमा ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको तारकेश्वरस्थित जरंखुमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
हरि ओम टंकेश्वर हार्डवेयरसँगको साझेदारीमा सञ्चालित यो शोरुम घरधनी, इन्टेरियर डिजाइनर र आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल्स र डिजाइनको छनोट गर्ने मुख्य गन्तव्य बन्नेछ ।
यस शोरूमको उद्घाटन हिजो २०८३ वैशाख ३१ गते, दिउँसो १:०० बजे सम्पन्न भयो । यस भव्य उद्घाटन समारोहमा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल वल्र्ड लुना लुइटेलको उपस्थिति रहेको थियो ।
साथै, कार्यक्रमका प्रमुख अतिथिहरू तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं. ८ का वडाध्यक्ष श्यामकृष्ण सापकोटाको उपस्थिति थियो । हरि ओम टंकेश्वर हार्डवेयरको व्यवस्थापन टोलीसँगै उहाँहरूले स्थानीय बासिन्दाहरूलाई स्वागत गर्दै ब्रान्डका नयाँ कलेक्सनहरू प्रदर्शन गरे ।
यो नयाँ शोरुम ग्राहकहरूलाई आफ्नो घरको भित्री सजावटबारे स्पष्ट सोच बनाउन मद्दत गर्ने गरी तयार पारिएको छ । यहाँ आएर ग्राहकहरूले कजारियाका उत्कृष्ट फ्लोर र वाल टायल्सका विभिन्न डिजाइन, टेक्सचर र फिनिसहरू प्रत्यक्ष रूपमा छामेर वा हेरेर आफ्नो आवश्यकता अनुसारको छनोट गर्न सक्नेछन् ।

उद्घाटनका क्रममा कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने , “हरि ओम टंकेश्वर हार्डवेयरसँगको यो सहकार्य काठमाडौंका उपभोक्ताहरूसम्म पुग्ने हाम्रो प्रयासको एक महत्वपूर्ण हिस्सा हो ।

तारकेश्वरका बासिन्दाहरूलाई कजारियाको गुणस्तर र उत्कृष्ट डिजाइनको सहज पहुँच दिलाउँदै उनहरुले को घर निर्माण वा सजावटको सपनालाई साकार पार्न हामी प्रतिबद्ध छौँ ।”
यो शोरुम अब पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ । जरंखु र आसपासका क्षेत्रका बासिन्दाहरूलाई टायल डिजाइनको नवीनतम अनुभव लिन शोरुम भ्रमण गर्न हार्दिक आमन्त्रण गरिन्छ ।
कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा क्गउभचदचबलम २०२५ को उपाधि, एसियाको सबैभन्दा आशाजनक ब्रान्डको मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् ।

गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धताआईएसओ ९००१:२०१५ रआईएसओ १४००१:२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद्आईएसओ को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ ।
यसैलाई निरन्तरता दिँदै कजारियाले हालै सुपरब्रान्ड२०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०ह१२० से.मी., ६०ह६० से.मी., १९.५ह१२० से.मी. र ४० ह ४०से.मी. ८मि.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल ४०ह४०से.मी.१२ मि. मी. तथा सेरामिक वाल टायल (३०ह६० से.मी., ३०ह४५ से.मी – समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।