काठमाडौं आसोज २३,
जयनगर–जनकपुर रेल मंसिर देखि सञ्चालनमा आउने भएको छ ।
नेपाल र भारतबीच वेट लिजमा सो रेल सेवा सञ्चालन गर्ने सहमति हो ।
रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारका अनुसार आगामी मंसिरभित्र सो रेल सेवा सञ्चालनमा ल्याउने तयारी भैरहेको बताए ।
भारतीय रेल सेवा निगमले रेलका इञ्जिन, चालक र प्राबिधिक उपलब्ध गराउनेछ । भारतीय जनशक्तिसँगै नेपाली जनशक्ति पनि रेल सञ्चालनमा खटिनेछन र नेपालीहरुले रेल सञ्चालनको ज्ञान प्राप्त गरिसकेपछि नेपाल आफैं सञ्चालन गर्ने उनले बताए ।
जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्थासम्म रेल मार्गको लिक समेत निर्माण सम्पन्न भैसकेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणका क्रममा जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३४ किलोमिटर लामो रेल उद्घाटन गर्न बताईएको छ ।
FACEBOOK COMMENTS