काठमाडौं । फिल्म ‘झिंगे दाउ–२’ को नयाँ गीत सार्वजनिक भएको छ।
‘ए माया नजिकै सर’ बोलको गीत ओएसआएर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। यो गीतमा दशैंको भाइव्स छ। गीतमा मुख्य कलाकारले रातो टीका, जमरा लगाएका छन्। रोटे पिङ्गमा कोरस रमाइरहेका छन्।
गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, रामचन्द्र काफ्ले र शान्तीश्री परियारको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन्। भिडिओमा फिल्मका मुख्य कलाकारहरू केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टको नृत्य हेर्न सकिन्छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन्।
विष्ण्ॉ घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् । यो असोज २ गते रिलिज हुँदैछ ।
