काठमाडौं, भदौ १० । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौँ महानगरपालिकाको तीनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन प्रमुख अतिथि तथा नाम्ग्याल ज्याङ्छुन् छ्योलिङ गुम्बाका रिनपोछे लोसाङ नाम्गेल रिनपाछेले गरे । कार्यक्रममा सभापतिको आसन ग्रहण बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले गरेका थिए ।
बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरे । उनले बैँकले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरे ।
बैंकले हालसम्म देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९९ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS