काठमाडौं– नेपाल एयरलाइन्सले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको हो ।
आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गरेका थिए ।
उद्घाटनका क्रममा संक्षिप्त मन्तव्य दिँदै मन्त्री भट्टराईले ओसाका उडान नेपालका लागि क्रान्तिकारी फड्को भएको बताए । उनले अन्य क्षेत्रमा पनि निगमले उडान विस्तार गर्नुपर्नेमा जोड दिँदै निगमको सुधारतर्फ ध्यान दिनसमेत आग्रह गरे ।
सो क्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पर्यटन वर्षलाई लक्षित गरी उडान शुरु गरिएको बताउँदै अन्य क्षेत्रमा पनि उडान विस्तार गर्ने बताए ।
FACEBOOK COMMENTS