काठमाडौं, पुस ४- गरिमा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई कास्की शाखालाई आइस ब्याग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीलाई उक्त ब्याग प्रदान गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा आयोजित एक कार्यक्रमका बीच गरिमा विकास बैंक महेन्द्रपुल शाखाका शाखा प्रबन्धक दिपेन्द्र पोखेलले रेडक्रसका जिल्ला सभापति डोलराज पाण्डेलाई उक्त ब्याग हस्तान्तरण गरेका हुन ।