काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको भाउ बढेको छ।
बिहीबार तोलामा एक हजार एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार प्रतितोला चार हजार ३५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ३५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
