काठमाडौं, चैत २५ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणको रिपोर्ट ३ घण्टामा उपलब्ध गराउने भएको छ । प्रयोगशालाले जेनस्पोर्टबाट बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कोरोना परीक्षण गर्ने प्रयोगशालाका शाखा अधिकृत सबिन सिंह चौधरीले बताए ।
यो सेवाको प्राप्तिका लागि तुरुन्त उपचार गर्नुपर्ने अवस्था मात्रै दिइने छ । ३ घण्टाभित्र कोरोना परीक्षणको रिपोर्ट पाउनका लागि चिकित्सक वा अनिवार्य अस्पतालले सिफारिस गर्नुपर्ने अधिकृत चौधरीले बताए ।
तर, कोरोनाभाइरस कोभिड—१९ परीक्षणका लागि सरकारले तोकेको शुल्क एक हजार नै लाग्ने छ ।
FACEBOOK COMMENTS