ध्रुव बहादुर थापा
संस्थागत उपाध्यक्ष नाडा अटो शो
तथा
अध्यक्ष हिमालय अर्गनाइजेशन
२५ वर्षअघि पहिलो पटक रिकन्डिसन मोटरसारकलको शो रुमबाट अटो क्षेत्रमा प्रवेश गरेको थिए । पोखराबाट शुरु भएको यो व्यवसाय अहिले काठमाडौमा विस्तार भएको छ । सुजुकी मोटरसाइकल, केसिई हेबी इक्युप्मेन्टको पोखरामा अथोराइज्ड डिलर हौं । केही वर्षअघि बैंकले प्रईभेटमा गाडीमा लगानी धेरै गर्थे तर अहिले बैंकले लगानी कम गरेका छन् । त्यसले बजार केहि घटेको देखिन्छ ।
सरकारले दैनिक आवश्यक भैसकेको गाडी विलासिताको नाममा संसारकै बढी भन्सार लगाएको छ ।
अहिले ग्रहाकले विद्युतिय गाडीमा बढी चासो दिन थालेका छन् । सरकारले विद्युतिय गाडीमा कम भन्सार लगाएको कारण पनि चासो बढेको हो ।
सरकारले विद्युतिय गाडी प्रयोग गर्न प्रोत्साहन गरेपनि आवश्यक पूर्वधार निमार्ण भइसकेका छैनन् । सरकारले चार्जिङ स्टेसन निमार्णमा बढी ध्यान दियो भने नेपालमा विद्युतिय गाडीको माग बढ्ने देख्छु । विद्युतिय गाडी लिएर लामो यात्रा गर्न जाने वातावरण नभए सम्म विद्युतिय गाडीको बजार फस्टाउँदैनन् ।
कसैले नेपालमै गाडी उत्पादन गर्छु भन्छ भने सरकारले त तिनिहरुको लागि त विषेश सुविधा दिनुपर्छ । अहिले केही गाडी उत्पादन गर्छौं भनेर कम्पनी कार्यलयमा दर्ता भएका पनि छन् तर ती उपयुक्त अवसरको खोजीमा छन् । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सक्यो भने समृद्ध नेपाल खुसी नेपालीको नारा पूरा हुन सक्छ ।
FACEBOOK COMMENTS