काठमाडौं, पौष ६ – उपत्यकामा हुने खानेपानीको व्यवस्थापनमा हुँदा हुने समस्या समाधानका लागि नयाँ कम्पनी खुलेको छ। सिभिल मलमा खुलेको महेन्द्र प्युरिफाएर नामको उक्त कम्पनीको उद्योगी अस्मिता सुमार्गी र नायिका सुहाना थापाले संयुक्तरूपमा उद्घाटन गरेका छन्। सुमार्गीले उपत्यकामा हुने खानेपानी व्यवस्थापनको समस्या हल गर्न कम्पनीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्।
उक्त कम्पनीले उपत्यकाका विभिन्न सरकारी कार्यालय, विद्यालय तथा घरघरमा हुने समस्यालाई समाधान गर्ने कम्पनी प्रमुख सुनितादेवी केसरीले जानकारी दिइन्।
हेटौँडामा रहेको मुख्य कार्यालयले देशभर आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ। नायिका थापा ब्राण्ड एम्बेस्डर रहेको उक्त कम्पनीले मर्मत गर्दा नि:शुल्क हुने र एक वर्षको ग्यारेण्टी हुने केसरीले जानकारी दिइन्।