काठमाण्डौ – सिरहामा आर्थिक वर्ष २०७४/७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा उत्पादनमूलक उद्योग २६०, सेवामूलक उद्योग ५५४ र कृषि तथा वनजन्य उद्योग १९७ नयाँ दर्ता भएका हुन् ।
गत आथिक वर्षमा ८४२ नयाँ उद्योग दर्ता भएका थिए ।
जिल्लामा उत्पादन उद्योग एक हजार ३३८, कृषि तथा वनजन्य उद्योग ६६१ र सेवा उद्योग दुई हजार ७७० गरी घरेलु तथा साना उद्योगको संख्या चार हजार ७६९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मी पौडेलले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको उनले बताए ।
FACEBOOK COMMENTS