काठमाडौं, २२ पुष – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्। मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन्।
उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी ओली समूहका हुन्। ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई केही दिनअघि मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए ।