काठमाडौं, असोज २० – स्यामसङले आफ्ना केही क्लाउड फिचर सेवाहरु बन्द गर्ने भएको छ । कम्पनीले २०२१ को अगस्ट मसान्तपछि स्यामसङ क्लाउडमा ग्यालरी र ड्राइभ स्टोरेजमा माइ फाइलका फोटोहरु स्टोरेज गर्ने सेवा कटौती गर्ने भएको हो ।
स्यामसङ क्लाउडद्वारा मंगलबार जारी सूचनाका अनुसार यसअघि स्यामसङ क्लाउडमा सुरक्षित रहेका तस्बिरहरु पनि उक्त मितिबाट मेटिनेछन् । कसैले शुल्क तिरेर प्रिमियम सेवा लिएको भए पनि २०२१ को जुन १ देखि यो सेवा बन्द हुनेछ र बाँकी रकम फिर्ता हुनेछ ।
विकल्पको रुपमा स्यामसङले माइक्रोसफ्ट वन ड्राइभमा तथ्यांकहरु सार्न भनेको छ । तर यो सेवा सबै देशमा र सबै स्यामसङका डिभाइसमा सुचारु छैन ।
स्यामसङको यो निर्णयले नोट, कन्ट्याक्ट र क्यालेन्डर स्यामसङ क्लाउडमा सुरक्षित रहने प्रक्रिया भने प्रभावित हुनेछैन ।
FACEBOOK COMMENTS