काठमाण्डौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संविधानले व्यवस्था गरेअनुसार नागरिकतासम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्रतिनिधिसभाका दुुई सांसद सहभागी कार्यक्रममा एनआरएनएका अभियान्ताहरूले नागरिकतासम्बन्धी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।
लक्जेम्बर्गमा आइतबारबाट सुरु एनआरएनएको ११ औं युरोप क्षेत्रीय बैठकको उद्घाटनमा पूर्वअध्यक्ष जीवा लामिछाने, अध्यक्ष भवन भट्टलगायतले उक्त माग गरेका हुन् ।
लामिछानेले ‘संविधानमा उल्लेख भइसकेको कुरालाई पनि केही मन्त्रीहरूले विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको बताए ।
सांसद रामकुमारी झाँक्रीले असोज ३ गतेसम्म एक सयवटा कानुन बनाइसक्नुुपर्ने उल्लेख गर्दै नागरिकताको विषय कार्यान्वयन हुने बताइन् ।
लक्जेम्बर्गस्थित हिल्टन होटलमा भएको बैठकमा सहभागी हुन युरोप क्षेत्रका सबैजसो मुलुक र अन्य देशहरूबाट करिब ३ सय नेपालीहरू भेला भएका छन् ।
– कान्तिपुर
FACEBOOK COMMENTS