काठमाडौं, माघ ६ – कतारको एक कम्पनीले ७० जना नेपाली कामदारको माग गरेको छ । कतारको दोहा स्थित एच एण्ड जेठ कन्ट्रेस्टिङ् ट्रेडीङ एण्ड सर्भिसले ४० महिला र ३० पुरुष कामदारको माग गरेको हो ।
कम्पनी ले जेनेरल क्लिनङ वर्करका लागी ४० महिला र बिल्डिङ् वर्करका लागी ३० पुरुषको माग गरेको छ । कम्पनीको नियम अनुसार ओभर टाईमको सुविधा सहित माषिक तलव ३० हजार हुने छ । कामदारको हकमा दैनिक ८ घण्टाको दरले हप्तामा ६ दिन काम गर्नु पर्ने छ ।
खान बस्नको सुविधा सहित कम्पनीको नियम अनुसार बार्षीक बिदा र करार अबधी २ बर्षको लागी हुनेछ । अन्तरबार्ता माघ १३ गते ओशो रिक्रुटिङ्ग एजेनसीको कार्यालय पुरानो बानेश्वरमा हुनेछ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमा रकम कामदार आफैले बेहोर्नु पर्नेछ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।
FACEBOOK COMMENTS