काठमाडौं । एमालेको वडा कमिटीमा नयाँ अनुहारको हावी देखिएको छ । दाङमा रहेका एक सय वडामा एमालेले सर्वसम्मत नयाँ नेतृत्व छानेको छ । एमालेले शनिबार केही वडाबाहेक सबै वडामा अधिवेशन सकेको छ ।
नेकपा एमालेले दशौं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न गरेको हो । जिल्लाका सबै वडामा निर्वाचन समिति समेत नबनाई सर्वसम्मत नेतृत्व चयन भएको एमालेका नेताहरूले बताएका छन् ।वडा नेतृत्वदेखि कमिटीमा ६० प्रतिशतभन्दा बढी नयाँ अनुहारको प्रवेश भएको एमाले दाङले जनाएको छ ।
जिल्ला अध्यक्ष टीकाराम खड्काका अनुसार वडा अध्यक्षका लागि धेरै आकांक्षी देखिएको भए पनि त्यसलाई मिलाएर सर्वसम्मत गरिएको दाबी गरे । ‘शनिबार भएको वडा अधिवेशन सबै वडामा शान्तिपूर्ण रूपमा सकिएको छ,’ उनले भने, ‘पाटीलाई मजबुत बनाएर लैजान पनि नेतृत्वका लागि चुनाव नभएको हो ।’ वडामा अध्यक्ष, उपाध्यक्ष, सचिव एक(एकजना, उपसचिव दुईजना र अन्य सदस्यहरू निर्वाचित भएका छन् ।
वडा अधिवेशनबाट पालिका प्रतिनिधि छनोट भएका छन् । गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय र उपमहानगरपालिकामा ४१ सदस्य वडा कमिटी बनेका छन् ।
FACEBOOK COMMENTS