कार्तिक ७ काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।
अनिवार्य मौज्दात नपुर्याउने, तोकिएअनुसार विपन्न वर्ग कर्जा परिचालन नगर्ने र (पूँजी तथा निक्षेप कर्जाको अनुपात) सीसीडी रेसियो पुरा नगरेका फाइनान्स कम्पनीलाई कारबाही गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
अनिवार्य मौज्दात नराखेपछि समृद्धि फाइनान्सलाई १३८ रुपैयाँ र गुडवील फाइनान्सलाई २ हजार ८०७ रुपैयाँ जरिवाना गरिएको छ ।
यस्तै राष्ट्र बैंकले तोके बमोजिम विपन्न वर्ग कर्जा परिचालन नगरेको सिटी एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार ७५१ रुपैयाँ र जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार ३०८ रुपैयाँ जरिवाना गरिएको छ ।
यसबाहेक ललितपुर फाइनान्स चारपटक कारबाहीमा परेको छ । ललितपुरले गत वर्षको प्रथम त्रैमासमा तोकिएअनुसार विपन्न वर्ग कर्जा परिचालन नगर्दा ७ लाख ११ हजार ६४६ रुपैयाँ, तेस्रो त्रैमासमा ६ लाख ६७ हजार २७३ र ६ लाख ७८ हजार ७३ रुपैयाँ जरिवाना गरिएको छ । यसका साथै, गत वर्ष तोकिएको सीसीडी रेसियो कायम नगर्दा ललितपुर फाइनान्स ६४ हजार ५७२ रुपैयाँ जरिवानामा परेको छ ।
FACEBOOK COMMENTS