काठमाण्डौं– पोखरा उद्योग वाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष र महासचिबका कारण कार्यसमितिमा विवाद वढ्दै गएको छ ।
नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने निर्णयबाट शुरु भएको बिबाद ४ सदस्य मनोनयनमा आइपुग्दा झनै बढेको हो ।
पोखरा उद्योग वाणिज्य संघको भवन भित्र रहँदै आएको नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउनका लागि पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला र महासचिव अर्जुन पोखरेलको नेतृत्वमा आएको प्रस्तावमा संघका अध्यक्ष दामु अधिकारीले नोट अफ डिसेन्ट लेखे पछि विवाद शुरु भएको हो ।
अध्यक्ष अधिकारी प्रदेश कार्यालय हटाउन नहुने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष सहित महासचिव उद्योग वाणिज्य संघ कार्यलय हटाउने पक्षमा छन् । अध्यक्ष उनुपस्थीत भएको कार्यसमिती बैठकबाट बैठकले प्रदेश कार्यालय हटाउने निर्णय गरेको थियो ।
आफूहरुले ल्याएको प्रस्तावमा अध्यक्षले नै नोट अफ डिसेन्ट लेखेपछि क्रुद्ध भएका वरिष्ठ उपाध्यक्ष कोइराला र महासचिव पोखरेलले अध्यक्ष अधिकारीले ४ सदस्य मनोनयन गरेपछि नोट अफ डिसेन्ट लेखेर प्रतिशोध लिन खोजेका छन् ।
यहि विषयमा अध्यक्ष अधिकारी संग कुरा गर्दा आफ्नो अधिकारको प्रयोग गरेको कर्पोरेट संग बताए । उनले भने‘ विधान भित्र रहि गरेको काममा कसैले राजनितीक प्रतिशोध साध्नको लागि विरोध गरे पनि म विधान अनुसार अगाडि बढ्छु।’
विधान अनुसार धारा ६.१.१ (ड) ले दिएको अधिकार प्रयोग गरी नै मनोनित गरेको र सो विषयमा बैठकमा जानकारी गराउँदा अन्य पदाधिकारी तथा सदस्यहरुले विरोध गर्नुपर्ने कारण नभएपनि नोट अफ डिसेन्ट लेख्दा आफू अचम्ममा परेको प्रतिक्रिया दिए ।
अध्यक्ष अधिकारीले आफु अहिले पोखरा बाहिर रहेको र पोखरा पुगेपछि मनोनयन सदस्यको सपथ गराउने बताएका छन् ।
संघका अध्यक्ष अधिकारीले मनोनयन गरेका ४ सदस्यमा त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, दि कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र प्रसिम एग्रो फार्महाउसका शिवराज आचार्य छन् ।
वरिष्ठ उपाध्यक्ष र महासचिवको समुहले आफुले भनेको मान्छे राखेन भनेर मनोनियत सदस्य माथि विरोध जनाएको अध्यक्ष अधिकारीले बताएका छन् ।
पोखराका व्यवसायीले वरिष्ठ उपाध्यक्ष र महासचिव सहितको समुह उद्योग वाणिज्य महासंघ बाट बाहिरिएर चेम्बर आफ कमर्शमा जान खोजेको आरोप लागाएका छन् ।
पोखरा बाणिज्य संघलाई विवादमा ल्याउने र अध्यक्षलाई काम गर्न नदिने काम भनेको वाणिज्य संघलाई बदनाम गर्न खोजेको ती व्यवसायीले बताए ।
FACEBOOK COMMENTS