काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ ।
केन्द्रीय बैंकले तोके अनुसार अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगर्दा नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंक कारवाहीमा परेका हुन् ।
राष्ट्र बैंकले कारवाही स्वरुप प्रत्येक बैंकलाई जरिवाना गरेको छ । बंगलादेश बैंकलाई ३० हजार ३२४.२४ रुपैयाँ, प्रभु बैंकलाई ३५ हजार ६९५.१२ रुपैयाँ र हिमालयन बैंकलाई २ पटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिवाना गरेको हो ।
FACEBOOK COMMENTS