काठमाण्डौं– रुसमा उत्पादित ग्याज्प्रोमनेफ्त लुब्रिकेन्ट र इटालिमा उत्पादन गरिएको जी–इनर्जी इन्जिन आयल नेपाली बजारमा भित्रिएको छ ।
ग्याज्प्रोमनेफ्त लुब्रिकेन्टले उत्पादन गरेको यी प्रिमियम ब्राण्ड इन्जिन आयल र लुब्रिकेन्ट अहिले विश्वका ७५ राष्ट्रमा विक्री रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले इन्जिन आयल, ग्रीज र टेक्नीकल फ्युल जस्ता विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ ।
यो कम्पनी बाट उत्पादनलाई विश्व भरका ३ सय तिस भन्दा बढी ठुला अटो मोवाइल उत्पादक कम्पनीले अनुमोदन गरेको कम्पनीले जनाएको छ ।
नेपालमा वस्तोक इन्टरनेश्नल प्रालि यसको आधिकारिक विक्रेता रहेको छ । एक पटक प्रयोग गरेका ग्रहाकलाई यसको गुणस्तरले आकर्षित गर्ने हुँदा बजारमा अभाव हुन नदिने वस्तोकले जनाएको छ ।
FACEBOOK COMMENTS