काठमाडौं । एभरेष्ट बैंक र दराज केमुले दराजद्वारा आयोजित दराज ११:११ अभियानमा छुट साझेदारीको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौता पत्रमा एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरेका थिए ।
सम्झौतापश्चात एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर दराज ११:११ अभियानमा दराज प्लेटफर्मबाट खरिद गर्दा एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट प्रदान गर्नेछ ।
कार्यक्रम ११ नोबेम्बेर, २०२१ मा लाइभ हुनेछ, जहाँ बैंकले दराज एप र वेब साइटहरुमा एभरेष्ट डेबिट÷क्रेडिट कार्डहरु प्रयोग गरि सामान खरिद गर्नेहरुलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्नेछन् । ग्राहकहरुले क्रेडिट कार्डमा अधिकतम ३५ सय र डेबिट कार्डमा ३ हजारसम्म छुट पाउन सक्नेछ ।
ई–कमर्समा एक्टिभेट भएको छ कि छैन भनेर कार्ड होल्डरहरुले सुनिश्चित गर्न आवश्यक छ, जुन एभरेष्ट बैंकको नजिकको कुनै पनि शाखाहरूमा वा बैंकको मोबाइल बैकिङ्ग मार्फत आवेदन गर्न सकिन्छ ।
FACEBOOK COMMENTS