प्राइम बैंकलकोे सञ्चालक समितिको ४३३ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३% लाभाँश प्रस्ताव गर्ने निर्णय गरेको छ । जस मध्ये १६% का दरले बोनस शेयर र ०.६३१३% का दरले (अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभाँश दिने प्रस्ताव गरिएको छ ।
प्रस्तावित बोनस शेयर र नगद लाभाँश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि यसै पत्रद्वारा सादर अनुरोध छ ।
FACEBOOK COMMENTS