पोखरा कार्तिक २२,चेक बाउन्स गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
१३ लाख ८० हजारको चेक बाउन्स गरेको आरोपमा पोखरा महानगरपालिका १० बुद्धचोकका ३५ वर्षीय शंकर गुरुङलाईपक्राउ गरेको हो । आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै चेक दिएको भेटिएपछि गुरुङलाई पक्रेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले बताए । उनलाई बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
FACEBOOK COMMENTS