काठमाण्डौँ — प्रांगारिक महिला कृषक समूहले बूढानीलकण्ठमा अर्गानिक उत्पादन बजार सञ्चालन गरेको छ ।
बिचौलियको प्रवेश निषेध गरी कृषकले उत्पादन गरेको वस्तु सिधै उपभोक्तालाई पुर्याउने उद्देश्यले बजार सुरु गरिएको समूहले जनाएको छ ।
४७ वटा स्टलमा राखिएको बजारको नगरपालिकाका मेयर उद्धव खरेलले उद्घाटन गरे ।
हरेक साता शनिबार र आइतबार होटल पार्क भिलेजको कम्पाउन्डमा बजार सञ्चालन हुनेछ ।
बजारमा कृषिजन्य र हयान्डिक्राफ्टका उत्पादन पाइने समूहकी अध्यक्ष विमला आचार्यले जानकारी दिइन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS