काठमाण्डौं — कामना सेवा विकास बैंक लिमिटेड र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS