नेकपा एमालेको दसौँ महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र सुरु हुन सकेको छैन । बिहान १० बजेदेखि सुरु हुने भनिएको बैठक साँझ सात सुरु गर्ने तयारी गरिएको थियो ।
तर ७ बजे पनि बैठक सुरु हुन सकेन । एमाले नेताका अनुसार केन्द्रीय सदस्यहरुको क्लस्टर मिलाउन पर्ने भएकाले बैठक बस्न थप एक घण्टा लाग्न सक्ने बताएका छन् ।
बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो । अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका थिए ।
FACEBOOK COMMENTS